दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभामा ६ सदस्य मनोनीत

धनगढी । कैलालीकाे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभामा थप ६ जना सदस्य मनोनीत गरिएको छ। बिहीबार शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले विश्वविद्यालय ऐनको दफा ७ उपदफा २ (ठ) बमोजिम सदस्यहरू मनोनयन गरेको हो।

मनोनीत हुनेहरूमा जयराज अवस्थी, डा. डम्मरबहादुर पाल, हेमा भट्ट, प्रा.डा. संगीताराज भण्डारी, डा. लवदेव अवस्थी र धर्मदेव भट्ट रहेका छन्। अवस्थी, पाल र भण्डारी यसअघि पनि सिनेट सदस्य रहिसकेका थिए।

विश्वविद्यालय ऐनअनुसार विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र र मानवशास्त्र क्षेत्रका विज्ञलाई विश्वविद्यालय सभामा सदस्य मनोनयन गर्न सकिने व्यवस्था छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.