अमेरिका र इरानबीच फेरि तनाव बढ्याे, कच्चा तेलको मूल्य अकासियाे

काठमाडौं । अमेरिका र इरानबीच फेरि तनाव बढेसँगै शुक्रबार बिहान एसियाली बजारमा कच्चा तेलको मूल्यमा पुन: वृद्धि भएको छ। विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.६५ ले बढेर प्रति ब्यारल १०२.७० डलर पुगेको छ। त्यस्तै, अमेरिकी बजारमा कारोबार हुने क्रुडको मूल्य २.३५ ले वृद्धि भई ९७ डलर पुगेको हाे।

वास्तवमा, स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच गोलीबारी भएको थियो। उक्त घटनापछि अमेरिकी सेनाले इरानको तर्फबाट विनाकारण गरिएको आक्रमण रोक्न जवाफी कारबाही गरिएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे जानकारी दिँदै भनेका छन्, ‘जुन अमेरिकी जहाजहरूमाथि आक्रमण भयो, ती तीनवटा अमेरिकी ‘डिस्ट्रोयर’ थिए, जुन होर्मुजबाट कुनै क्षतिविना बाहिर निस्किए। जवाफी हमलामा इरानका कैयौँ साना डुङ्गाहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन् र अमेरिकी जहाजहरूलाई निशाना बनाएर प्रहार गरिएका मिसाइलहरू सजिलै खसाली दिएका छौँ।’

अर्कोतर्फ, इरानी सेनाले भने अमेरिकामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। इरान र अमेरिकाबीच विगत केही हप्तादेखि युद्धविराम चलिरहेको थियो। तर, यी पछिल्ला आक्रमणहरूले दुई देशबीच पुन: युद्ध चर्किने आशङ्का बढाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.