धनगढी । कञ्चनपुरमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक ४५ वर्षीय मिनबहादुर जागरीको मृत्यु भएको हो।
दुर्घटनामा जागरी गम्भिर घाईते भएपछि उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा वुधबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ५५ वर्षीय मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाटा बस्ने ४२ वर्षीय कम्मान सिह ठगुन्ना घाइते भएका छन् ।
घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।