धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जना मजदूरकाे मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् । जिल्लाको पुनर्वास नगरपालिका–७ ‘च गाउँ’काे न्यू जनता इँटा उद्योगमा ट्याक्टरले किच्दा भारतको उत्तरप्रदेश बस्ने २७ वर्षीय अजय कुमार र नौ वर्षीय पवन कुमारकाे मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका दुबैको सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, गम्भीर घाइते ११ वर्षीया घुर्रा कुमारकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । इँटामा सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएकाे थियाे ।