सरकारले फेरि बढायाे सार्वजनिक यातायातकाे भाडा

काठमाडौं । सरकारकाे यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो ।

बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ । अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ । यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो ।

सोही सहमति अनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ । हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.