काठमाण्डाैं । काठमाण्डाैंका बिभिन्न खाेला किनारमा रहेका अनाधिकृत घर टहरा भत्काउन सुरु भएको छ । थापाथलीस्थित अहिले बिहान पुगेको डोजरले सुकुम्बासी बस्तीका घरटहरा हटाउन थालेको हो ।
अहिले सम्म त्यहाको स्थिति शान्तिपूर्ण नै रहेको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् ।
हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन् ।
