अछाम मेल्लेखका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा

अछाम । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ। सरकारी शिक्षा प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्दै गुणस्तर सुधार गर्ने लक्ष्यसहित यस्ताे निर्णय गरिएको हो। 

गाउँसभाको १८औँ अधिवेशनको सोमबार सम्पन्न पहिलो बैठकले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिकाअन्तर्गत यो प्रावधान लागू गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार मेल्लेख गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक तथा अन्य पदाधिकारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेछ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर धामीद्वारा जारी सूचनामा उक्त व्यवस्था पालना नगरेमा निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.