काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।
यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी-२०आई टोलीबाट हटाइएका छन् । नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ । कप्तान भने मुहम्मद वासीम नै रहेका छन् ।
नेपाल र यूएई हालसम्म टी-२०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । यसअघि कीर्तिपुरमा भएकाे खेलमा भने यूएईले जितेको थियो । नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुन लागेको हो । पछिल्लोिटक सन् २०२४ मार्चमा भएको टी-२०आई शृंखला खेलेको थियो ।
नेपालको टी-२०आई टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल रहेका छन् ।