सम्पतिमा बालेन नेतृत्वको मन्त्रिपरिषद् ‘पहेलपुर’ देखियाे

काठमाडौँ । बालेन शाह नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र  अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ ।

कतिपय मन्त्रीहरूले यी बहुमूल्य धातुहरूलाई पुर्ख्यौली सम्पत्तिका रूपमा उल्लेख गरेका छन् भने कतिपयले विवाह र स्वआर्जनबाट प्राप्त भएको जनाएका छन् । विशेष गरी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको परिवारसँग सुनको परिमाण निकै उच्च देखिएको छ ।

त्यस्तै, अन्य युवा मन्त्रीहरूको विवरणमा पनि सुनको आकर्षण बढी नै देखिन्छ। न्याय र सुशासनकाे नारा दिएर ओेषत गरिबीकाे रेखामुनी रहेका नेपाली मतदाताकाे झण्डै दुईतिहाई मत पाएकाे युवापिडीकाे सम्पति बिवरण सार्वजनिकपछि सामाजिक सञ्जालमा कतिपयले याे सरकारलाई पहेलपुर नामले ब्याङय् गरेका छन् ।

12

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.