अनुमतीबिना पाठ्यपुस्तक परिवर्तन गरे धनगढीले कारबाही गर्ने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रको सुरुवातसंगै विद्यालयमा हुने पाठ्यपुस्तक परिवर्तनमा कडाइ गरेको छ । बर्सेनि पाठ्यपुस्तक फेरेर अभिभावकलाई थप आर्थिक बोझ पर्ने गरेको गुनासोलाई मध्यनजर गरेर उपमहानगरपालिकाले अनुमति विना पाठ्यपुस्तक फेर्न नपाउने निर्देशन जारी गरेको हो ।

संस्थागत विद्यालयहरुले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरुमा आर्थिक बोझ थप भएको गुनासोपछि उपमहानगरपालिकाले त्यस्तो नगर्न निर्देशन दिएको हो । उपमहानगरपालिकाका शाखा अधिकृत घुम्मनसिंह बडायकद्वारा जारी सार्वजनिक सूचनामा संस्थागत विद्यालयहरुलाई पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशान दिएका छन् । 

‘यस कार्यालयको पूर्वअनुमति बीना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.