कैलालीकाे बजैपुरमा ट्रकले ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु

धनगढी । कैलालीकाे बजैपुरमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ। कैलारी गाउँपालिका–५ बजैपुर सडकमा ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार कैलारी गाउँपालिका–५ बस्ने ६० वर्षीय कलसु चौधरी र उनकै श्रीमती ७० वर्षकी सेतानु चौधरीको वुधवार राति मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा सेतानु चौधरीलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गोरु गाढमा बाँधिएको एक वटा गोरु मरेको छ भने एउटा गोरु घाईते भएको छ। ट्रक र ट्रक चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.