धनगढी । कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपक राज बोहराले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।
पछिल्लो विवरण अनुसार २२ हजार ६१४ मत गणना हुँदा बोहराले १३ हजार ३०५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री नारायण प्रकाश (एनपी) साउँदले ४ हजार ०६४ मत प्राप्त गरेका छन्। बोहरा साउदभन्दा ८ हजार ४९४ मतले अगाडि छन्।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार बचन बहादुर सिंह ३ हजार १४५ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नपाली कम्युनिष्ट पार्टीका माधव प्रसाद पन्तले ३ हजार ८४३ मत प्राप्त गरेका छन्।