देउवाको गृहजिल्ला डडेल्धुरा निरासाजनक मतदान

डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मतदानकाे प्रतिशत निरासाजनक भएकाे छ । यहाँका आधाभन्दा बढी मतदाताले मतदान गरेनन् ।

जिल्ला निर्वाचन कार्यालय डडेलधुराका अनुसार प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा डडेलधुरामा ४९.०८ प्रतिशत मतदान भएको छ । डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार ४५ हजार ९०९ जना मतदान प्रक्रियामा सहभागी भएका जनाएको छ । जुन कुल मतदाता संख्याको ४९.०८ प्रतिशत हो ।

कांग्रेसका निवर्तमान सभापति देउवा २०४८ सादेखि डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । यसपल्ट पार्टीको विशेष महाधिवेशनबाट नेतृत्वबाट बहिर्गमनमा परेपछि उनले चुनाव नलड्ने घोषणा गर्दै विदेशिए । उनी बिहीबार सम्पन्न मतदान प्रक्रियामा पनि सहभागी भएनन् । देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको बताइएको छ । तर, उनको सचिवालयले सिंगापुर भ्रमणबारे औपचारिक जानकारी गराएको छैन।

यसअघिका निर्वाचनमा ७० प्रतिशत आसपासमा मतदान हुने डडेल्धुरामा चुनावी प्रचार तथा मतदानमा देउवाकाे सहभागिता नदेखिएपछि डडेल्धुरी मतदातामा निरासा थियाे र साेही अनुरुप मतदान भएकाे हुनसक्ने कतिपयले बिष्लेशण गर्ने गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.