बैतडी । अधिक ज्वरो आएपछि बान्ता गर्दागर्दै बैतडीमा दुई दाजुभाइको मृत्यु छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन् ।
पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको आज बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो । उनीहरुलाई केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उनले बताए । यही अज्ञात रोगका कारण एकै घरका दाजुभाइको मृत्यु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए ।
गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको श्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएकाे छ । उता अज्ञात रोगका कारण एकै घरका दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।