काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । खाडी मुलुकहरू कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो । इरानले पनि इजरायली आक्रमणको जवाफमा प्रतिआक्रमण सुरू गरेको छ ।
अमेरिका र इजरायलले शनिबार बिहान तेहरानलगायत इरानका अन्य सहरहरूमा गरेको आक्रमणको जवाफ दिँदै इरानले पनि मध्यपूर्वमा रहेका कम्तीमा पाँचवटा प्रमुख अमेरिकी सैन्य अखडाहरूमा भारी क्षेप्यास्त्र प्रहार गरेको छ।