धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले होलीपर्व शान्तीपुर्ण र अनुशासित भएर मनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सुचना जारी गर्दै सो कुराको अनुरोध गरेको हो ।
प्रकाशित सुचनामा भनिएको छ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्नु र भयरहित एवं शान्तिपुर्ण बातावरणमा सम्पन्न गराउनु हामी सबैको कर्तव्य भएकोले होली पर्व मनाउदा ठुलो समुहमा भेला हुने हुलदंंगा जमघट गराउने तथा कसैको ईच्छा विपरीत रंग लगाउने फोहोरपानी वा हिलो छयाप्ने काम नगर्न आग्रह गरेकाे छ ।
यस्तै मादक पदार्थ सेवन गरी अवाच्छित तथा कानुन विपरीत क्रियाकलाप नगरी सभ्य मर्यादित अनुशासित र शान्तिपुर्ण रुपमा मनाउनहुन सवैलाई अनुरोध छ ।