Dashain Suvakamana

मतदाता परिचयपत्र छैन, चिन्ता नगर्नुस् ? भाेट गर्न पाइनेछ

Ajai

धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतदान गर्ने दिन आउनै लाग्दा पनि नयाँ मतदाता परिचयपत्र जिल्ला पुगेकाे छैन् । निर्वाचन आयोगले उमेर पुगेका नयाँ युवा, यसअघि बनाउन छुटेका र जिल्ला सारी गर्नेहरुकाे नयाँ भाेटर कार्ड बनाएर सम्बन्धित जिल्ला नपठाउँदा मतदान गर्न नपाईने हाे की ? भनेर चिन्ता लिनु नपर्ने बताएकाे छ।

मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ भनेपनि यदि मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने बताएकाे छ।

‘यही बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई सूचना सम्प्रेषण गर्ने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय छ ।

यो निर्णयसहित अन्य पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.