चुनावमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

निर्वाचन आयोगको सिफारिस गरे अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.