धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, दुई जना विदेशी

काठमाण्डाैं । धादिङकाे बेनीघाट रोराङ गाउँपालिकाको चरौदीमा आज बिहान भएको बस दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ जना पुगेको प्रहरीले पुष्टि गरेको छ। २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आज बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकमध्ये दुई जना बिदेशी रहेकाे बताइएकाे छ । घाइते एक जनाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी न्युजिल्यान्डकी नागरिक हुन्। अवस्था सामान्य भएकाले उनले आफू काठमाडौं नजाने र यही उपचार गर्ने बताएकी थिइन्।

मृतकको शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा राखिएको छ । गाडी चालक भने बेपत्ता छन्। दुर्घटनापछि तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.