धनगढी । अपाङ्गताभित्र पनि बाैंद्धिक अपाङ्गता भएका ब्याक्तिहरुका अभिभावक संघ कैलालीकाे चाैथाे सधारणसभा सम्पन्न भएकाे छ । शनिबार संघका अध्यक्ष निर्मला बिष्टकाे अध्यक्षता भएकाे सधारण सभाले वितेकाे बार्षिक आयब्यय पारित गरेकाे छ ।
सधारणसभामा संघका अध्यक्ष बिष्टले बाैद्धिक अपाङ्गता भएका ब्याक्तिहरुका हक अधिकारकालागि आफै लड्नुपर्छ, सार्वजनिक नीति निर्माण तथा निर्णय प्रकृयामा आफैं सहभागि हुनु पर्दछ भनि गरिएका प्रयासले केही परिवर्तनकाे आभास भएपनि तत्परताकासाथ अर्थपुर्ण रुपमा सहभागिता हुन नसकेकाे बताइन् ।
सधारण सभामा संघकाे कार्यसमिति पदाधिकारी बाैंद्धिक अपाङ्गता भएका ब्याक्तिहरु र अधिकारकर्मी लगायतकाे सहभागिता थियाे । यसअघि पानसमा बत्ती बालेर सधारणसभाकाे उद्घाटन अपाङ्गता अभियन्ता रुपा राईले गरेकी थिइन् ।
