देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एक हौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट समाधानका लागि निम्ति सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताएका छन्। ‘जनयुद्ध दिवस’ मा शुभकामना सन्देश दिँदै उनले फागुन २१ को चुनावबाट सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरू गर्न अपरिहार्य रहेको पनि बताए।

रुकुममा रहेका प्रचण्डले भने, ‘हामी सहिदका सपना पूरा गर्ने, रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ। म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु ।’

अहिले देशको परिस्थिति नयाँ बनेको भन्दै दाहालले थपे, ‘जेन–जी आन्दोलन र त्यसपछिको विध्वंस जे भयो, त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ। त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदै छौँ। मेरो लागि एकातिर गर्वको कुरा र एकातिर निकै ठूलो जिम्मेवारीको कुरा भएको छ कि म यो जनयुद्ध दिवसमा रुकुमपूर्व आएर मनाउँदै छु र रुकुम पूर्वको प्रत्यक्षतर्फको उम्मेदवारको हैसियतले पनि मैले आज यो दिवस मनाउँदै छु।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.