चन्द्रबहादुर भण्डारी
आउँदै गरेकाे फागुन २१ गते हुने निर्वाचन नेपाली लोकतन्त्रको एक महत्वपूर्ण मोड हो। यस ऐतिहासिक अवसरमा आम मतदाताले विवेक, चेतना र जिम्मेवारीका साथ आफ्नो मताधिकार प्रयोग गर्नु आजको प्रमुख आवश्यकता हो। देशको राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्ध भविष्यका लागि सही शक्ति छनोट गर्नु प्रत्येक नागरिकको कर्तव्य हो।
यस सन्दर्भमा चुनाव चिन्ह ‘तारा’ लिएर मैदानमा उत्रिएको नेपाली कम्युनिस्ट पार्टी जनताको विश्वास र आशाको केन्द्र बनेको छ। यो पार्टी कुनै एक व्यक्ति वा समूहको स्वार्थका लागि होइन, जनताको हक–अधिकार, राष्ट्रको स्वाभिमान र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि निरन्तर संघर्षरत रहँदै आएको छ। विशेषतः कमरेड प्रचण्डको नेतृत्वमा चलेको नेपाली कम्युनिस्ट पार्टीले राजनीतिक परिवर्तन, समावेशी लोकतन्त्र र सामाजिक रूपान्तरणको यात्रामा ऐतिहासिक भूमिका निर्वाह गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीभित्र राष्ट्र र स्वाभिमानको सवालमा अडिग रहेका दर्जनौँ अनुभवी, इमानदार र जनमुखी नेताहरू सक्रिय छन्। ती नेताहरूले विगतमा कठिन परिस्थितिमा पनि राष्ट्रको सार्वभौमिकता, अखण्डता र जनताको सम्मानका लागि सम्झौता नगरी संघर्ष गर्दै आएका छन्। यही कारणले आज नेपाली कम्युनिस्ट पार्टी जनताको भरोसाको पार्टी बनेको छ।
आउँदो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरू जनताको बीचबाट आएका, जनताको पीडा बुझ्ने र जनताकै पक्षमा काम गर्ने प्रतिबद्ध व्यक्तित्व हुन्। उनीहरूको विजयले मात्र संसदमा जनताको आवाज बलियो बन्न सक्छ र जनमुखी नीति निर्माणको बाटो खुल्छ। समानुपातिक प्रणालीमार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा पिछडिएका वर्गको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण लोकतान्त्रिक र समावेशी छ।
अतः राष्ट्रको स्वाभिमान, सामाजिक न्याय, समानता र समृद्ध नेपालको निर्माणका लागि फागुन २१ गते चुनाव चिन्ह ‘तारा’ मा मतदान गरौँ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूलाई विजय गराऔँ। यो मतदान केवल मत हाल्ने प्रक्रिया मात्र होइन, उज्यालो भविष्यतर्फको साझा संकल्प हो।
लेखक भण्डारी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं अछाम जिल्ला ईञ्चार्ज हुन ।