वैज्ञानिक समाजवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजना हुने कार्यक्रममा सो पार्टीको एकता पक्षधर नेता–कार्यकर्ताको समूहसमूह औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको हो ।

उक्त पार्टी परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मको नेतृत्वत्वसहितका नेता कार्यकर्ताहरू नेकपामा समाहित हुन थालेका हुन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला सङ्गठन सुदूर प्रदेश संयोजक यशोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार लगायतका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने जनाइएको छ ।

यसैगरी तुलसी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, सङ्गीता सिजापति, करिता सिजापती, सुमित्रा खाती, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला सङ्गठन समितिकी संयोजक रिता नेपालीसहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने कार्यक्रम रहेको छ । उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्ने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.