धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका–१३ मोहनपुरबाट लागू औषध सहित २० वर्षीय अजय राना पक्राउ परेका छन्।
उनको साथबाट ७५० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै धनगढी उपमहानगरपालिका– २ त्रिनगर व्यारेलबाट गोदावरी नगरपालिका – ४ का २५ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका छन् । उनको साथबाट १ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको छ।
उता बर्दगोरिया नगरपालिका– २ कुम्भियाबाट २३ वर्षीय शिशिर बम पक्राउ परेका छन् । उनको साथबाट ७१० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।