धनगढी । बालअधिकार संरक्षण र सम्बर्द्धनमा स्थानिय तहकाे भूमिकाबारे आज धनगढीमा सराेकारकासंग अन्तरकृया सम्पन्न भएकाे छ ।
बाल संरक्षण प्रणाली सुदृढिकरणका लागि बालअधिकार संरक्षण र सम्बर्द्धनमा स्थानिय तहकाे भूमिकाबारे उपमाहानगरपालिकाका कानून अधिकृत खडक कुञ्जेडाले नियम कानूनबारे सहजिकरण गरेका थिए ।
वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरकाे अध्यक्षतामा आयाेजित अन्तरकृया कार्यक्रमममा स्थानीय विधालय शिक्षक, बिधार्थी, टाेल विकास समिति, युवा क्लव, अपाङ्गता अभियन्ता, पत्रकार, प्रहरी र वडामा कार्यरत संघसंस्थाका प्रतिनिधिकाे सहभागिता थियाे ।
कार्यक्रममा वडाध्यक्ष ऐरले समाजकाे सकारात्मक विकासकालागि बालअधिकार संरक्षण र सम्बर्द्धनमा स्थानीय सरकारसंगै सबै समुदायकाे महत्वपूर्ण भूमिकाकाे अपेक्षा गरेका थिए ।
