धनगढी । सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारित मतदान स्थलहरु मध्ये धेरैजसाे सुरक्षाका दृष्टिले संवेदनशिल रहेकाे प्रहरीले जनाएकाे छ । यहाँ निर्धारण गरिएको एक हजार १७६ मतदान स्थल मध्ये ४८१ (४०.९१ प्रतिशत) मतदान स्थल अतिसंवेदनशील र ३९५ (३३.५८ प्रतिशत) मतदान स्थल संवेदनशील रहेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते हुने मतदानमा सुदूरपश्चिम प्रदेशमा २५.५१ प्रतिशत मतदान स्थल मात्रै सामान्य रहेको जनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार तीन सय वटा मतदान स्थल मात्रै सुरक्षका दृष्टिले सामान्य रहेको जनाएको छ । कैलाली जिल्लामा सबैभन्दा बढी १०८ मतदान स्थलहरू अतिसंवेदनशील छन् । २३७ मतदान स्थल रहेको यस जिल्लामा १०६ मतदान स्थल संवेदनशील र २३ मतदानस्थल सामान्य छन् ।
कञ्चनपुर जिल्लाका १३२ मतदान स्थल मध्ये ६६ अतिसंवेदनशील, ४० संवेदनशी र २६ सामान्य सूचिमा छन् । डोटीका ११८ मतदानस्थल मध्ये १३ अतिसंवेदनशील, ४४ संवेदनशील र ८१ सामान्य मतदान स्थलमा राखिएको छ । अछामका १३० मतदान स्थल मध्ये ६६ अतिसंवेदनशील, ५० संवेदनशी र १४ सामान्य रहेको बताइएको छ । डडेल्धुराका १०४ मतदान स्थल मध्ये ३३ अति संवेदनशील, ३४ संवेदनशील र ३७ सामान्यको सूचिमा राखिएको छ ।
दार्चुलाका ११२ मतदान स्थल मध्ये १५ संवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य मतदान स्थलको सूचीमा राखिएको छ । बैतडीका १२९ मतदान स्थल मध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ समान्यको सूचीमा राखिएको छ । प्रतिशतका हिसाबले सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल बाजुरामा छन् । बाजुरामा सामान्य मतदान स्थल ३ वटा मात्रै छन् । बाजुराका ७७ मतदान स्थल मध्ये ६२ मतदानस्थल अतिसंवेदनशील र १२ मतदान स्थल संवेदनशीलके सूचिमा छन् ।
बझाङमा पनि ३ वटा मतदान स्थल मात्रै सामान्यको सूचिमा छन् । बझाङका १३७ मतदान स्थल मध्ये ८५ मतदान स्थल अतिसंवेदनशील र १२ मतदान स्थल संवेदनशीलको सूचीमा राखिएको छ ।