डडेल्धुरामा १३ जनाकाे उम्मेदवारी दर्ता

डडेल्धुरा । प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पुगेर उनीहरूले मनोनयन दर्ता गएका हुन्। जसमा १० दल र ३ जना स्वतन्त्र छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मानसिंह माल, नेकपा (एमाले)बाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेसबाट नैनसिंह महर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायतले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ।

यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी परेको छ। डडेल्धुरामा तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जसमा गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेती रहेको मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.