काँग्रेस नेता प्यारेलाल रानाले दिए कैलाली-५ मा स्वतन्त्र उम्मेदवारी

धनगढी । नेपाली काँग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य प्यारेलाल रानाले कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।  मुख्य निर्वाचन अधिकृत कार्यालयमा धनगढीमा बिहान १० बजे उम्मेदवार दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत भुवनसिंह थापाले जानकारी दिए।

कांग्रेस पार्टी परित्याग गरेकाे जिकिर गर्दै उनले आफू गणतन्त्रवादी र धर्मनिरपेक्षताको पक्षपाती रहेकोले सबैभन्दा पहिले आफू जनतामाझ जाने र त्यसपछि कुनै पार्टीसँग सहकार्य गर्ने बताए । तर तत्काल कुनै दलमा प्रवेश गर्ने सोच नभएको उनको भनाइ थियो। उनले यस पटक रानाथारु समुदायको पकड क्षेत्र मानिने कैलाली ५ मा आफ्नो जित सुनिश्चित रहेको समेत बताए।

उनले गत बैशाखमा साधारण सदस्य समेत नरहने गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका थिए। नेपाली कांग्रेस पार्टी कुलीन वर्गहरुको पार्टी रहेको आरोप लगाउँदै तल्लो स्तरको आदिवासी, थारु, राना थारुलाई शोषण गरेर राखेको उनको आरोप थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.