चुनाबकालागि सुदूरपश्चिमको सुरक्षा अवस्थाबारे समिक्षा

धनगढी । प्रदेश सुरक्षा समितिको बैठकले सुदूरपश्चिमको सुरक्षा अवस्थाका बारेमा समिक्षा गरेको छ । आइतबार मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक बसेको बैठकले प्रदेशको सुरक्षा अवस्थाका बारेमा समिक्षा गरेको हो ।

बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा समग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था, निर्वाचनलक्षित सुरक्षा चुनौतीहरु र प्रदेशको एकीकृत निर्वाचन सुरक्षा रणनीतिका विषयमा चारवटै सुरक्षा निकायबाट समीक्षा गरिएको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहीत वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीतिअनुसार भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी, निर्वाचनको समयमा फैलिन सक्ने नकारात्मक सूचनाहरु तथा अन्य गतिविधिहरुलाई सुक्ष्म ढङ्गले निगरानी गर्न चारवटै सुरक्षा निकायहरुले विशेष टोली बनाएर एकीकृत ढङ्गले काम गर्ने, राजनीतिक र प्रशासनिक रुपमासमेत नकारात्मक सूचनाहरुप्रति सजगता अपनाउने लगायतको निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.