यीहुन सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा नेकपाबाट उम्मेदवार

धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ । 

सो पार्टीका अनुसार अछाम निर्वाचन क्षेत्र–१ बाट डा. भीम रावल, अछाम-२ बाट शरदसिंह भण्डारी उम्मेदवारी दिने भएका छन् । त्यस्तै, बाजुरा बाट प्रकाशबहादुर शाह र डोटीमा त्रिलोचन भट्टलाई उम्मेदबार तय गरेकाे छ । डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार हुने भएका छनभने बझाङबाट मीनबहादुर कुँवर उम्मेदवार बन्ने भएका छन्।

बैतडीमा परमानन्द भट्ट, कैलाली निर्वाचन क्षेत्र–१ बाट रामलाल डगौरा थारु, २ बाट राजेन्द्र साउँद, ३ बाट विरमान चौधरी, ४ बाट हरिराम चौधरी ‘उत्सव’ र क्षेत्र नं ५ बाट प्रेम आले उम्मेदवार हुने भएको छन् । उता, कञ्चनपुर—१ मा विना मगर, २ मा  र ३ मा मानबहादुर सुनारको नाम टुङ्गो लागेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.