कांग्रेस विभाजनले कस्लाई फाईदा, कस्लाई बेफाईदा ?

धनगढी । कांग्रेस विभाजनसँगै आधिकारिकता दाबी गर्दै दुवै पक्ष निर्वाचन आयोग पुगेका छन । निर्वाचनकाे मुखमै ठूलाे पार्टी कांग्रेसको विभाजनले कतै न कत्तै अन्य सबैलाई फाइदा हुने देखिएपनि गगन थापा समूहले आधिकारिकता पाएको खण्डमा एमाले र रास्वपालाई असर गर्ने कतिपय राजनीतिक बिष्लेशण हुँदैछन् ।

तर, कांग्रेसभित्रको झगडा जेसुकै भएपनि अहिले नेकपाको स्थिति बलियो रहेको पूर्वमन्त्री तथा नेता हरिबोल गजुरेलले जिकिर गरे । समग्रमा भन्दा अहिले नेकपाको स्थिति बलियो देखिन्छ’, उनले भने । जनमत बढाउने उपाय विचार मिल्नेसँग पार्टी एकता पनि एक माध्यम भएको भन्दै गजुरेलले जाल हान्दा केही केही नराम्रा व्यक्तिहरु पनि आउन सक्ने स्थितिलाई स्वाभाविक मान्नुपर्ने बताए ।

कांग्रेस विभाजनले कुनै पार्टीलाई फाइदा बेफाइदा भन्दा पनि देशलाई नै असर गर्ने उनको बुझाइ छ । पार्टीको आधिकारिकता नपाइसकेको अवस्थामा अहिले नै चुनावी लेखाजोखा गर्नु हतार हुने गजुरेलले बताए । ‘कांग्रेस देशकै सबैभन्दा पुरानो पार्टी हो । विभाजनले लोकतन्त्र र देशलाई नै असर पर्नसक्छ । कसले आधिकारिकता पाउँछ, त्यसपछि मात्र चुनावी अंक गणितमा कस्तो असर पर्छ भन्ने विषयमा भन्न सकिन्छ’, उनले भने ।

देशभर नेपाली कम्युनिस्ट पार्टीको ग्राफ बढ्दै गएको छ । अर्का नेता जगन्ननाथ खतिवडा एमालेभित्र चरम निराशा र कांग्रेस विभाजनका कारण त्यसको फाइदा कि नयाँ दल कि नेकपालाई हुनसक्ने विश्लेषण गर्छन् । खतिवडाले २०७९ को निर्वाचनको तुलनामा नेकपाको धेरै राम्रो माहोल बन्दै गएको जिकिर गरे । निर्वाचनमा संख्या महत्त्वपूर्ण भएकाले विभिन्न घटकलाई एकतामा जोड दिएको उनको भनाइ छ ।

‘चुनावका लागि संख्या महत्त्वपूर्ण हुन्छ, पार्टीको लागि गुणस्तर चाहिन्छ । निर्वाचनसम्म पार्टीभित्र अप्ठ्यारो परिस्थिति आउने मैले देखेको छैन । महाधिवेशनमा नेतृत्वले व्यवस्थापन गर्न सकेमा समस्या आउँदैन । अहिले सबैको रणनीति चुनाव जित्ने भएकाले अप्ठ्यारो स्थिति छैन’, उनले भने ।

सपथग्रहण कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले केन्द्रीय समितिको आकार ठुलो भएपनि त्यसलाई आगामी महाधिवेशनमा खिरिलो पार्ने दाबी गरेका थिए । ‘केन्द्रीय समितिको आकार अत्यन्तै ठुलो छ । यो परिस्थितिको बाध्यता हो । तर यो यस्तै रहँदैन । एक वर्षभित्र नै यस समितिलाई खिरिलो बनाउनुपर्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.