कैलालीकाे गाेदावरीमा स्नान गर्नेको घुइँचो

धनगढी । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा आज देशभरका तीर्थस्थल तथा कुण्ड धामहरुमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

माघे संक्रान्तिको अवसरमा कैलालीकाे गोदावरी धाममा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । मेलाका लागि गएराती देखि नै स्नान गर्न श्रद्दालुहरु आउन थालेका थिए । गोदावरी धाम समितिले १२ राशी  मकर मेला पनि लगाएको छ ।गोदावरीमा कैलाली कञ्चनपुर सहित पहाडी जिल्लाहरुबाट समेत तीर्थालुहरु आएका छन् ।

परम्परादेखि चल्दै आएको माघे संक्रान्ति मेला यस पर्व गङ्गा आरती, कृतन भजन, झाकी लगायतका क्रियाकलाप हुने महन्त तुल्छि गिरीले बताए । ‘विगतको तुलनामा यो वर्ष उल्लेख्य सहभागिता हुने अनुमान गरेका छौ’ उनले भने ‘माघे संक्रान्ति मेलाका लागि भारतबाट पनि भक्तजनहरू पुगेका छन् ।’

लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेलाकाे सुरु भएकाे गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । माघ १२ गतेसम्म सञ्चालन हुने उक्त मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजनकीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन्।

मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै श्रद्धालुहरूको सहभागिता रहेकाे थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.