सुदूरपश्चिम प्रदेशमा आज र भोलि २ दिन सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पुस ३० गते र भाेलि माघ १ गते सार्वजनिक विदा रहेकाे छ ।पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन रहेको थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा पर्व मनाइन्छ । सो अवसरमा माघ १ गते राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ । त्यसपछि स्थानीय स्तरमा पनि सार्वजनिक बिदा दिइँदै आइएको छ ।

पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । सन्तानको दीर्घायुको लागि महिला व्रत बस्ने दिनका रुपमा चिनिने पर्व हो, जितिया । प्रदेश राजपत्रमा पुस ३० गते जिता पर्व भनेर सार्वजनिक बिदा उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.