‘पार्टी फुटाउने भए, फेस गर्न तयार छु’ : देउवा

काठमाण्डाैं । आफूपक्षीय केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरू समेत विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजन गर्न लागेको आरोप लगाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधि नेतृत्व परिवर्तनको पक्षमा देखिएपछि सभापति देउवाले पार्टी विभाजन गर्न लागेको आरोप लगाएका हुन् ।

विकसित पछिल्लो अवस्थाबारे देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित निकटस्थसँग सोमबार बिहान छलफल गरेका उनले आफू कुनै पनि हालतमा भृकुटीमण्डपको अधिवेशनमा सहभागी नहुने अडान लिएको एक नेताले जानकारी दिए । ‘म विशेष महाधिवेशनमा जाने कुरै छैन । उनीहरूले पार्टी विभाजन गर्न थाले, म फेस गर्छु,’ देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी ती नेताले भने ।

साथै, देउवाले नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको अवस्थामा आफूले आवश्यक निर्णय लिने पनि बताएका छन् । मध्यमार्गी भूमिकामा रहेका आफूनिकट ३० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएपछि देउवाले बाँकीलाई रोक्न रणनीति बनाइरहेका छन् ।

महाधिवेशन उद्घाटन कार्यक्रममा महामन्त्री गगन थापाले महाधिवेशन प्रतिनिधिले आवश्यक ठाने नीति र नेतृत्व दुवै परिवर्तन गर्ने बताएका थिए । बन्दशत्र सोमबार शुरू हुँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.