कञ्चनपुरमा ९३ भूमिहीनले पाए जग्गा धनी पुर्जा

कञ्चनपुर । कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिकाका ९३ भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जग्गा धनी प्रमाणपत्र रातो पुर्जा वितरण गरिएको हो ।

विगतका आयोगले तयार पारेका सेतो पुर्जालाई भूमि समस्या समाधान आयोग कञ्चनपुरले तयार गरी बनाएको रातो पुर्जा वितरण गरिएको हो । बेदकोट नगरपालिका वडा नम्बर ८ र ६ का ९३ स्थानीयलाई भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल तथा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले हस्तान्तरण गरेका थिए । पालिकाको वडा नम्बर ६ का ३२ परिवार र वडा नम्बर ८ का ६१ परिवारलाई रातो पुर्जा हस्तान्तरण गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले बताए ।

लालपुर्जा बनाउन पालिकाले वार्षिक लाखौँ खर्च गर्दे आएको तर अझै दस हजार स्थानीयलाई पुर्जा वितरण गर्न बाँकी रहेकाले समयमै सबैलाई पुर्जा वितरण गर्नका लागि भूमि आयोगले आवश्यक कदम चाल्नुपर्नेमा नगरप्रमुख बोहराले जोड दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.