आईसीसी टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।

टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् । शेर पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका हुन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छनभने विश्वकप एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम विश्वकप खेल्ने टोलीमा परेनन् ।

May be an image of text that says 'WORLD WORLDCUP NDIA&SRILANKA2026 CAN WORLD CUP SQUAD ረጠያያ の NEPAL Rohit Paudel () Dipendra S Airee (vc) Sandeep Lamichhane Kushal Bhurtel Aasif Sheikh Sundeep Jora Aarif Sheikh Basir Ahamad Sompal Kami Karan KC Nandan Yadav Gulshan K Jha Lalit Rajbanshi Sher Malla Lokesh Bam 7FEB 8 MAR 2026| INDIA, SRI LANKA #NEPALCRICKET #T20WORLDCUP'

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.