धनगढी । अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिले अपाङ्ग महासंघभित्र उच्छृङ्खल र गैरकानूनी कार्य भैइरहेकाे प्रष्ट्याउदै नगर्न चेतावनी दिएकाे छ । आज प्रदेश कार्यालय धनगढीमा पत्रकार सम्मेलन गर्दै अन्यथा कानूनी अधिकार संरक्षणकालागि आवश्यक कानूनी कारवाही गर्ने चेतावनी दिएकाे हाे ।
समितिका अध्यक्ष कृष्णप्रसाद धमलाले अध्यक्षता गरिरहेकाे कार्यक्रममा अटिज्म अपाङ्गताका अभिभावक रमेश बस्नेतले कार्यक्रम बिथाेल्ने कार्य गरेकाे, बिधिवतरुपमा गठन भएकाे कार्यसमितिमा आफ्नाे भनेकाे मान्छे नपरेपछि केन्द्रले मान्यता नदिएकाे र बिवाद समाधान गर्न आएकाे केन्द्रिय पदाधिकारी टाेलीले आफुहरुसंग समन्वय नगरी एकलाैटी प्रतिवेदन बुझाएकाेप्रति असमति जनाएकाे छ ।
जसले गर्दा संस्थाकाे अस्थित्व र गरिमामाथि आँच पुगेकाे ठहर गर्दै यी कार्य राेक्न आग्रह गरेकाे छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा समितका अध्यक्ष धमलाकासाथै सचिव नरदीप धामीकाे हस्ताक्षर रहेकाे छ । 
