उम्मेदवारको बन्दसूची अन्तिमबेला रकमसहित एक जना पक्राउ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने आज (सोमबार) अन्तिम दिन हाे । निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । यसअघि आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।

पार्टि बाहिर र भित्र आफ्ना निकटस्तलाई सामानुपातिकमा पार्न चलखेल चलेकाबेला उता विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँ सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर ६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको कारमा सवार उनलाई रकम सहित पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.