धनगढी । समाज तथा देशका कर्णधार मानिने बालवालिकाकाे पाठ्यपुस्तकमै कुष्ठराेग र अपाङ्गता पाठबारे जानकारी समावेश गराउने उद्देश्यले कैलालीका स्थानीय तहका सराेकारवालासँग अन्तकृया गाेष्ठी गरिएकाे छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमकाे संयाेजनमा धनगढीमा आज इन्टरनेशनल नेपाल फेलाेशिप (आईएनएफ) संस्थाले कैलालीका १३ वटै स्थानीय तहका सराेकारवालासँग छलफल गाेष्ठी गरेकाे हाे ।
शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख ईश्वरी प्रशाद ज्ञवालीकाे अध्यक्षतामा भएकाे अन्तकृया तथा गाेष्ठी कार्यक्रम परियाेजनाका अधिकृत बरदान राज कार्कीले गरेका थिए । यस्तै कुष्ठराेगका बारे अस्पताल तथा परियाेजना संयाेजक मंगलबहादुर चाैधरीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा अपाङ्गताबारे सहजिकरण एचएसएस मनेजर बिष्णु गिरीले गरेका थिए भने राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश सचिव नरदीप धामी, निबर्तमान अध्यक्ष मानवहादुर साउद लगायत स्थानीय तहका सराेकारवाला र बिधालय शिक्षक/शिक्षिकाले बिषयबस्तुमाथि टिप्पणी तथा सुझाव दिएका थिए ।