धनगढी । भौतिक संरचनामा भएको क्षतिका कारण ठप्प सुदूरपश्चिम प्रदेश सभाको बैठक झन्डै साढे तीन महिनापछि बस्ने भएको छ । प्रदेश सभा भवन मर्मत गरेर बैठक सञ्चालन गर्न लागिएको हो ।
हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोड गरेका थिए । कार्यव्यवस्था समितिको बैठकले पुस ११ गते बैठक बस्ने निर्णय गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए।
उनले समितिको बैठकमा अधिवेसनलाई अगाडि बढाउने वा बजेट अधिवेसन अन्त्य गरेर हिउँदे अधिवेसन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताए । प्रदेश सभा सचिवालयले बजेट अधिवेसन अन्त्य गरेर हिउँदे अधिवेसन चलाउन समितिका सदस्यहरुलाई आग्रह गरेको छ ।