कञ्चनपुर। विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गरिएका छन् ।
चिसोकागएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । शुक्रबार भुवा पर्वको बिदा र शनिवार सार्वजनिक बिदा भएकाले नगरपालिकाले ६ र ७ गते बिदा दिने निर्णय गरेको छ ।
कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ । घाम नलाग्ने र दिनभरि चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ । कारण जनजीवन कष्टकर बन्दै गएकाे हाे ।