भारतबाट नेपाल आउनेकाे चेकजाँचमा कडाई

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो।

परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले कैलालीमा प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायले चेकजाँचमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चुनावलगायत अन्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार भारततिर पनि सुरक्षा व्यवस्था कडाइ गरेको छ।

प्रशासनले परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूहलाई जिल्लाभित्र प्रवेश गरेको देखेमा नजिकको सुरक्षा निकायमा जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ । यसैगरी, परिचय नखुलेका अपरिचित, शङ्कास्पद व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास र कुनै कामकाज गराउने काम नगर्न प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.