धनगढी । कैलालीको अत्तरियाबाट साढे ७ किलो चरेस सहित ४ जना पक्राउ परेका छन् । शुक्रवार साँझ गोदावरी नगरपालिका – २ अत्तरिया स्थित नमस्ते अन्नपूर्ण होटेलबाट साढे ७ किलो चरेस बरामद गरिएको हो ।
चरेस सहित पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा ७ बस्ने २८ वर्षीय बम बहादुर धामी, छबिसपाथिभेरा ५ बस्ने ४२ वर्षीय जनक जाग्री, सुर्मा ३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली २ बस्ने ५० वर्षीय रूप सिंह सितोली रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रण बहादुर चन्दले बताएका छन् । उनीहरूको साथबाट चरेस सहित डिजिटल तराजु पनि पक्राउ गरिएको उनले बताए ।
चरेस बरामद गर्न डिएसपी रणबहादुर चन्दको नेतृत्वमा अपरेसन टोली खटिएको थियो । उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।