नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्रले पायाे नयाँ नेतृत्व

धनगढी । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र जोरपाटी काठमाडौले नयाँ नेतृत्व पाएकाे छ । शुक्रबार कैलालीकाे धनगढीमा आयाेजित केन्द्रकाे ३७औ साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेकाे हाे ।

अधिवेशनकाे बन्दसत्रले आगामी कार्यकालका लागि साम्देन लामालाई पुन: केन्द्रीय अध्यक्ष र मान बहादुर साउँदलाई महासचिवमा निर्बिराेध निर्बाचित गरेकाे हाे । यस्तै कोषाध्यक्षमा पुण्यप्रसाद सापकोटा चयन भएका छन्। सदस्य पदमा मनमाया भण्डारी, भगवती वुढाथोकी, उषा ओली कार्की, दिनेश घिमिरे, दिपेन्द्र बहादुर सिंह, खेमराज भण्डारी, सेरसिंह खड्का, भक्तराज उप्रेती, कुमारी पुस्पा रोकाया, नरेन्द्रप्रसाद जैसी, नन्दा भट्ट, गोविन्द मल्ल र दुर्गाकुमारी चौधरी निर्वाचित भएका छन्।

यसअघि अधिवेशनकाे उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खडकाले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु, शाखाका अध्यक्ष तथा पदाधिकारीहरु, सभासदहरु, राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष तथा अपाङ्गता भएका व्यक्तिहरु सहभागि थिए ।

नयाँ नेतृत्व चयनपछि नवनिर्वाचित महासचिब मानवहादुर साउदले आगामी कार्यकालका लागि आफुहरुलाई चयन गरेकाेमा निर्वाचन समिति, मनोनीत गर्न गराउनमा सहयोग गर्नुहुने सम्पुर्ण पार्सदहरुलाई हार्दिक धन्यवाद दिएका छन्। उनले भनेका छन्- “यहाँहरुले गर्नु भएको विश्वास भरोसा र अपाङ्गता अधिकार प्रवर्द्धन गर्नमा थप उर्जा थप्नु भयकोमा हार्दिक धन्यवाद प्रदान गर्दछु । जय होस् ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.