Dashain Suvakamana

अन्तराष्ट्रिय अपाङ्गता दिवसको बारेमा सरकारको भुमिका र जिम्मेवारी

 

मान बहादुर साउद

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने दिवस हो । यस दिवसको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, सहभागिता, पहुच, र समावेशिता प्रवद्र्धन गर्नु हो । संयुक्त राष्ट्रसंघले विश्वमा पहिलो पटक १९९२ मा यो दिवसको घोषणा गरेको थियो । हाल नेपालमा पनि ३ डिसेम्वर लाई भव्यताका साथ मनाउदै आईरहेका छन । यस बर्षको ३४औ अन्तराष्ट्रिय दिवस मंसिर १७ गतेमा परेको छ । यस दिन सरकाले अपाङ्गता भएका कर्मचारीहरुलाई विदा समेत दिदै आईरहेको छ । यस बर्षको अन्तराष्ट्रिय अपाङ्गता दिवस सुदूरपश्चिम प्रदेशका धनगढी अत्तरीया लगायत विभिन्न स्थानमा स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न गैर सरकारी संघ संस्थाहरुसंग समन्वय सहकार्य गरी मनाउने भएका छन ।

दिवसको मुख्य उद्देश्यहरू

अपाङ्गता भएका व्यक्तिहरूका मुद्दाको बारेमा जनचेतना बढाउने ।
उनीहरूको समान अधिकार, समान अवसर, र सम्मान सुनिश्चित गर्ने ।
शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, पूर्वाधारजस्ता क्षेत्रमा समावेशी वातावरण बनाउने ।
अपाङ्गता भएका व्यक्तिहरूलाई बाधा बन्ने भेदभाव र पूर्वाग्रह हटाउने ।
हरेक वर्ष संयुक्त राष्ट्रसंघले एउटा थिम निर्धारण गर्दछ । जसअनुसार विभिन्न कार्यक्रम, छलफल, र सचेतना गतिविधि गरिन्छ ।

नेपालमा यो दिवसलाई ¥याली, सम्मान कार्यक्रम,समावेशी शिक्षा र पहुचकाबारे छलफल, सांगीतिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम र अपाङ्गता भएका व्यक्तिहरूका सफलताका कथा प्रवद्र्धन जस्ता गतिविधिहरू आयोजना गरि मनाईन्छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा Fostering disability inclusive societies for advancing social  progress राष्ट्रिय नारा ”अपांगता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतीको समवद्र्धन” रहेको छ ।

अन्तराष्ट्रिय अपाङ्गता दिवसलाई स्थानीय सरकार र प्रदेश सरकारले अधिकार–आधारित, समावेशी, योजना–मुखी र उत्तरदायी ढङ्गले हेर्नुपर्छ । नेपालको संविधान, अपाङ्गता अधिकार ऐन २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४, र क्म्न्क का सिद्धान्त अनुसार दुवै तहले निश्चित भूमिका खेल्न वर्तमान आवश्यक्ता रहेको छ ।

दिवसको मुख्य दृष्टिकोण

समावेशी सेवा र पहुच सुनिश्चित गर्ने, डेटा-अपाङ्गता प्रोफाइल तयार गर्ने, अधिकारमा आधारित योजनाहरू बनाउने, समुदायमा व्यवहार परिवर्तन र सचेतना बढाउने रहेको छ ।

स्थानीय तहले गर्नुपर्ने प्रमुख कामहरू:

१) समावेशी नीति र कार्यक्रम निर्माण: वार्षिक नीति तथा कार्यक्रममा अपाङ्गता समावेशी योजनाका छुट्टै शीर्षक राख्ने ।बजेटमा न्यूनतम ५ प्रतिशत अपाङ्गता कार्यक्रम का लागि छुट्याउने (अधिकारवादी दृष्टीकोण)

२) अपाङ्गता मैत्री सेवा–प्रवाहः नगर-गाउपालिकाको भवन, हेल्पडेस्क, विद्यालय, स्वास्थ्य चौकीमा ¥याम्प, शौचालय, साइन–ल्याङ्ग्वेज, ब्रेल आदि सुनिश्चित गर्ने । सामाजिक सुरक्षा भत्ता सहज रूपमा उपलब्ध गराउने ।

३) डेटा व्यवस्थापनः वडा–स्तरमा अपाङ्गता भएकाहरूको अद्यावधिक र अनुकूल प्रोफाइल तयार गर्ने । सेवाको प्रभाव मूल्यांकन गर्ने ।

४) समावेशी शिक्षा र स्वास्थ्यमा स्थानीय स्वास्थ्य केन्द्रमा फिजियोथेरापी, परामर्श सेवा, सहायक उपकरण वितरण गर्ने । नियमित स्वास्थ्य परिक्षण, मानसिक स्वास्थ्य सेवा र समाजमा पुनस्र्थापना कार्यक्रम पनि सञ्चालन। टेक्निकल सहयोग, छात्रवृत्ति, पहुचयुक्त सामग्री वितरण गर्ने ।

५) रोजगारी र सीप विकासः सीप तालिम, स्वरोजगार, सहकारीमा पहुच, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने । ६) ३ डिसेम्बर विशेष लागू–कार्य: सम्मान कार्यक्रम, संवाद, जनचेतना र “अपाङ्गता समावेशी स्थानीय विकास” विषयक छलफल तथा अन्रतरक्रिया गर्ने । विद्यालय तथा समुदायमा सचेतना गर्ने अपाङ्गता भएका व्यक्तिका संघ संगठनसंग सहकार्य गर्ने ।

स्थानीय सरकार (गाउपालिका/नगरपालिका) को जिम्मेवारी

१) अपाङ्गमैत्री सेवा–सुविधा अभिवृद्धि: कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, भवन तथा सार्वजनिक स्थलहरूमा ¥याम्प, रेलिङ, शौचालय, साइनेज जस्ता पहुँचयोग्य संरचना अनिवार्य रूपमा स्थापना । नागरिकता, सामाजिक सुरक्षा भत्ता, जन्म–मृत्यु दर्ता लगायतका सेवामा लाइन, कागजी प्रक्रिया, प्रतिक्षालय सबैलाई अपाङ्गमैत्री बनाउने ।

२) तथ्यांक (डाटा) व्यवस्थापन: पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको अपडेटेड डाटाबेस बनाउने । प्रकार, आवश्यकता, सेवा पहुँचको आधारमा वर्गीकरण गरी लक्षित सेवा प्रदान गर्ने

३) शिक्षा क्षेत्रमा समावेशिता ः विद्यालयहरूमा सहायक उपकरण (बककष्कतष्खभ मभखष्अभक), विशेष शिक्षक वा स्रोत व्यक्ति व्यवस्था । पढाइ–सिकाइ सामग्री, कक्षा कोठा, शौचालय, खेल मैदान सबैलाई समावेशी र पहुँचयोग्य बनाउने ।

४) स्वास्थ्य र पुनर्स्थापना स्थानीय स्वास्थ्य केन्द्रमा फिजियोथेरापी, परामर्श सेवा, सहायक उपकरण वितरण गर्ने । नियमित स्वास्थ्य परिक्षण, मानसिक स्वास्थ्य सेवा र समाजमा पुनस्र्थापना कार्यक्रम पनि सञ्चालन ।

५) रोजगार र सीप विकास: अपाङ्गता भएका व्यक्तिका लागि तालिम, सीप, स्वरोजगार कार्यक्रम, स्थानीय विपन्नका लागि सहुलियत ऋण । स्थानीय सहकारी र उद्यममा उनीहरूको प्रतिस्पर्धात्मक सहभागिता सुनिश्चित ।

६) स्थानीय नीति, योजना र बजेट: प्रत्येक योजनामा अनिवार्य समावेशी बजेट, अपाङ्गता मैत्री पूर्वाधार निर्माणमा कम्तिमा निश्चित प्रतिशत बजेट छुट्याउने ।

७) सहभागिता सुनिश्चित: अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व स्थानीय तहका समिती, परिषद्, योजना बनाउने प्रक्रियामा सुनिश्चित । उनका आवाज, आवश्यकता र सुझावलाई प्राथमिकता र नीतिमा समावेश ।

प्रदेश सरकारले अन्तराष्ट्रिय अपाङ्गता दिवशलाई कसरी हेर्नुपर्छ ?

प्रदेश सरकार नीति–निर्माण, प्रदेशस्तरीय योजना र समन्वयका लागि जिम्मेवार तहभएकाले निम्न अनुसारका कार्य गर्न सरकार जिममेवार हुनुपर्दछ । जस्तै: नीति निर्माण (province–level disability policy) अनुगमन र समन्वय ,समावेशी पूर्वाधार र सेवा प्रवाह ,प्रदेशस्तरीय क्षमता विकास हुन जरुरी छ ।

प्रदेश सरकारका प्रमुख जिम्मेवारीहरू:

१) नीति, कानुन र कार्यविधि तयार गर्ने: “प्रदेश अपाङ्गता नीति”,पहुच अभिवृद्धि सम्बन्धी मापदण्ड र शिक्षा, स्वास्थ्य, रोजगारमा अपाङ्गता मैत्री कार्यविधि बनाउन ।

२) समावेशी बजेट र कार्यक्रम: स्वास्थ्य, CBR, पुनस्र्थापना सेवा, सहायक उपकरण,शिक्षा, रेफरल स्कूल, स्रोत केन्द्र विस्तार ,रोजगार, लक्षित सीप तालिम, उद्यम संचालन गर्न ।

३) समन्वय र अनुगमन प्रणाली: स्थानीय तहको कार्यक्रम अनुगमन ,डाटा मर्ज गरी Province Disability Database बनाउने, DPO -Disabled PeopleÚs Organizationsसंग सहकार्य गर्ने ।

४) मानव अधिकार र न्यायमा पहुच: अपाङ्गता भएका व्यक्तिको केस–ह्यान्डलिङ, कानुनी सहायता ,लैङ्गिक हिंसा, भेदभाव, सेवा अस्वीकार–विरुद्ध Province स्तरको हेल्पडेस्क बनाउन ।

५) ३ डिसेम्बर को दिवसलाई रणनीतिक रूपमा हेर्ने: प्रदेशस्तरीय मुख्य कार्यक्रम गर्ने, उत्कृष्ट काम गरेको स्थानीय तह/संस्था/व्यक्तिलाई सम्मान गर्ने, नीति समीक्षा तथा आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्ने जस्ता काम गर्न जरुरी छ ।

६. कानुन तथा नीतिगत व्यवस्था: अपाङ्गता सम्बन्धी प्रदेश स्तरका कानून, निर्देशिका, कार्यविधि निर्माण । अपाङ्गता अधिकारको सुनिश्चितता, शिक्षा–रोजगार–स्वास्थ्यमा पहुँच सम्बन्धी नीतिहरू अद्यावधिक गर्न ।

mahotsab

७) पहुंचयुक्त पूर्वाधार: प्रदेशका अस्पताल, सरकारी कार्यालय, सार्वजनिक यातायात, सडक र भवनहरूमा Universal Design लागू । सहुलियत र सुरक्षित यातायात सेवा प्रदान गर्ने ।

८) विशेष शिक्षा र उच्च शिक्षा पहुच: Inclusive Education लागू, संसाधन कक्ष विस्तार, प्रदेश–स्तरीय विशेष शिक्षालयहरूको गुणस्तर सुधार । स्नातक र उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति तथा सहुलियत कार्यक्रम।

९) स्वास्थ्य, पुनस्र्थापना र उपचार: प्रदेश अस्पतालमा फिजियोथेरापी, occupational therapy, speech therapy, prosthetics & orthotics सेवा विस्तार । अपाङ्गता पहिचान, प्रमाणिकरण, उपचार र पुनस्र्थापना प्रक्रिया सरल बनाउने ।

१०) रोजगारी र आर्थिक सशक्तीकरण: प्रदेशकै उद्योग, सेवा र सरकारी जागिरमा कोटा र समावेशी भर्ती नीति कडाइका साथ लागू। उद्यमशिलता–अनुदान, सीप शिक्षा र अपाङ्गता मैत्री तालिम सञ्चालन गर्ने ।

११) स्थानीय सरकारलाई समन्वय र सहयोग: तालिम, बजेट, प्रविधि, मानव स्रोत, उपकरण उपलब्ध गरस्थानीय तहलाई सशक्त बनाउने । अपाङ्गता अनुकूल कार्यक्रमहरूको अनुगमन–मुल्यांकन गर्ने ।

१२) सामाजिक सुरक्षा र संरक्षण: अपाङ्गता भएका व्यक्तिको सुरक्षा, हिंसा न्युनिकरण, कानुनी सहायता र सामाजिक संरक्षण कार्यक्रम । ३ डिसेम्बरलाई कार्यक्रम गर्ने दिन मात्र नभई वर्षभर अपाङ्गता समावेशी विकासमा कार्य गर्ने प्रतिबद्धता जनाउने दिनको रुपमा लिन उचित देखिन्छ ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवश देश भर बनाउनुको कारण के हो र किन मनाईन्छ ?

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (३ डिसेम्बर) किन देशभर मनाइन्छ ? यसको मुख्य कारणहरू धेरै गम्भीर र महत्वपूर्ण छन । यी कारणहरू संयुक्त राष्ट्रसंघका सिद्धान्त, मानव अधिकार, समावेशी विकास र सामाजिक न्यायसंग जोडिएका छन । अन्तर्राष्ट्रिय अपाङ्गता दिवस देशभर मनाउनुका प्रमुख कारणहरू बारे यहा चर्चा गर्न खोजिएको छ:

१) अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति ध्यानाकर्षण गराउन: समाजमा अझै पनि भेदभाव, पहुंचको अभाव,,सेवामा असमानता,अपमानजनक व्यवहार जस्ता समस्या धेरै छन् । यो दिवसले सबै तहका सरकार, समाज र संस्थालाई “अपाङ्गता अधिकार मानव अधिकार हो” भनेर स्मरण गराउन जरुरी छ ।

२) समावेशी समाज निर्माणको अभियानलाई जोड दिन: यसको उद्देश्य-शिक्षामा पहुंच, रोजगारी, स्वास्थ्य सेवा, सुरक्षित आवत-जावत, डिजिटल पहुंच सबै क्षेत्रमा समावेशी प्रणाली बनाउनु हो ।

३) अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र योगदानलाई सम्मान गर्न: समाजले धेरै समयसम्म अपाङ्गतालाई “अक्षमता” वा फरक क्षमता भएका भनेर बुझ्यो । ३ डिसेम्बरको दिनले उनीहरूको गलत सोच लाई परिवर्तन गर्न सक्छ । जस्तै: क्षमता, सम्भावना, योगदान र सफलताका कथाहरुलाई मूलधारमा ल्याउने अवसर बनाउछ ।

४) सरकारी नीति, कानुन र कार्यक्रम सुधार गर्न दबाब सिर्जना गर्न यो दिवसले राष्ट्रिय नीति/कानुन सुधार, अपाङ्गता समावेशी बजेट, स्थानीय र प्रदेश तहमा समन्वयलाई बलियो बनाउनमा मद्धत गर्दछ ।

५) सरकारले यस दिनलाई समीक्षाको रुपमा लिन जरुरी: सरकारले बर्ष दिनमा अपांगताको सवालमा “के पुरा भयो ? के सुधार गर्नुपर्छ ?” भन्ने विषयलाई गम्भीर रुपमा लिन जरुरी छ ।

६) जनचेतना अभिवृद्धि र व्यवहार परिवर्तन: अपाङ्गताबारे अझै पनि धेरै मिथ्या धारणा छन्, जस्तै— दया, सहानुभूति, निर्भरता आदि । यो दिवसले समाजमा-सम्मान, समानता, स्वाभिमान, सकारात्मक सोच फैलाउन मद्दत गर्छ ।

७) अपाङ्गता भएका व्यक्तिहरूका संस्थालाई सशक्त बनाउने: ३ डिसेम्बरले एकता, सहकार्य र आवाजलाई बलियो बनाउने भूमिका खेल्छ साथै अधिकार माग्ने, नीति परिवर्तन गराउने, आवाज उठाउने राम्रो अवसरको रुपमा लिने दिन पनि मानिन्छ ।

८) विश्वभर समान सन्देश फैलाउन: यो केवल एउटा राष्ट्रिय होइन, विश्वव्यापी दिवस हो ।सबै देशले एउटै उद्देश्य समावेशिता, समानता र अधिकारलाई विश्वव्यापी अभियानका रूपमा अघि बढाउन मद्धत गर्दछ । साथै यो दिवशले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समावेशिता, समान अवसर, पहुच र सहभागितालाई सुनिश्चित गर्न र उनीहरूमाथि हुने भेदभाव हटाउन वा कम गर्नका लागी यो दिवश विशेष गरी मनाईन्छ ।

अन्तराष्ट्रिय अपांगता दिवशले दिने सन्देश

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले समाज, सरकार र विश्व समुदायलाई दिने मूल सन्देश अत्यन्त स्पष्ट छ । यहा सबैभन्दा महत्वपूर्ण सन्देशहरू सरल र धेरै प्रभावकारी बुदामा प्रस्तुत छन:

१) अपाङ्गता अधिकार नै मानव अधिकार हो । अपाङ्गता भएका व्यक्ति अलग होइनन, उनीहरू पनि समान सम्मान, अधिकार र अवसरका पात्र हुन् । यो दिवसले भन्छः “अधिकार बिना विकास संभव छैन ।” 

२) समावेशिता सबैको जिम्मेवारी हो । समाज, सरकार, परिवार, कार्यालय, विद्यालय-सबैले अपाङ्गता भएका व्यक्तिलाई मुख्य धारमा ल्याउने जिम्मेवारी बहन गर्दछ । “समावेशी समाज नै आदर्श समाज हो ।”

३) बाधा–रहित वातावरण आवश्यक छ । भौतिक, सामाजिक, व्यवहारिक, डिजिटल सबै खालका बाधा हटाइनुपर्छ । “बाधा हटे अवसर आफैं खुल्छ ।”

४) क्षमता, योगदान र प्रतिभाको सम्मान गर्नुपर्छ । अपाङ्गता कमजोरी होइन । हरेक व्यक्तिमा क्षमता, कौशल र सम्भावना हुन्छ । “अपाङ्गता होइन—क्षमता नै पहिचान हो ।” 

५) सहभागिता र नेतृत्व बिना समावेशिता सम्भव छैन । अपाङ्गता भएका व्यक्तिको आवाज, निर्णयमा सहभागिता, नेतृत्व मुख्य तत्व हुन् । “हाम्रो बारेमा निर्णय—हाम्रै सहभागिता सहित ।”

६) सबै क्षेत्र—शिक्षा, स्वास्थ्य, रोजगारी—सबैमा समान पहुच आवश्यक छ । शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, यातायात, सूचना—सबै क्षेत्रमा समान अवसर हुनैपर्छ । “समान पहुंच शुन्य समान अवसर ।”

७) सम्मान, समानता र गरिमायुक्त जीवन सबैको अधिकार हो । माया, दया वा सहानुभूति होइन,सम्मान,अवशर र गरिमा चाहिन्छ । “गरिमा सहितको जीवन सबैको अधिकार हो ।”

संयुक्त राष्ट्र संघको दृष्टिकोण:

१) अपाङ्गता मानव अधिकारको मामला हो । यसले स्पष्ट पार्छ कि अपाङ्गता कुनै व्यक्तिगत कमजोरी वा दुर्बलता होइन, समाज, संरचना र पूर्वाग्रहले सिर्जना गरेको बाधा हो । अपाङ्गता भएका व्यक्तिहरूका मानव अधिकार, स्वतन्त्रता र गरिमापूर्ण जीवन सुनिश्चित गर्नु अनिवार्य छ । UN Convention on the Rights of Persons with Disabilities-CRPD, २००६) यस दृष्टिकोणको आधार हो ।

२) समावेशिता र पहुंच सुनिश्चित गर्नु आवश्यक । शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना–प्रविधि, यातायात र सार्वजनिक पूर्वाधार सबै समावेशी र पहुँचयोग्य हुनुपर्छ । यसको सन्देशः कुनै पनि व्यक्ति समाजको विकास र निर्णय प्रक्रियाबाट अलग हुनु हुँदैन ।

३) ३ डिसेम्बरको दिवसको उद्देश्य: अपाङ्गता सम्बन्धी चेतना अभिवृद्धिः समाजमा भेदभाव, पूर्वाग्रह र असमानता घटाउने। नीति, योजना र कार्यक्रम सुधारः सरकार, संस्था र संगठनहरूलाई समावेशी बनाउने दबाब । अवसर र सहभागिता प्रवद्र्धनः अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र निर्णय प्रक्रियामा भाग सुनिश्चित ।

४) दिगो विकास संग सम्बन्ध: यसले अपाङ्गता समावेशितालाई सतत विकास लक्ष्य (क्म्न्क) सँग जोडेको छ । सबै क्म्न् लक्ष्यहरूमा अपाङ्गता–समान पहुँच सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

५) मुख्य सन्देश (UN को दृष्टिकोणमा): १. अपाङ्गता मानव अधिकार हो । २ समावेशिता र पहुँच सबै नीति, योजना र कार्यक्रमको आधार हुनुपर्छ । ३. अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता र नेतृत्व सुनिश्चित गर्नु समाजको दिगो विकासको आधार हो । ४. भेदभाव, पूर्वाग्रह र सामाजिक बाधा हटाउनु सबैको जिम्मेवारी हो । क्रमश…

लेखक साउद राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.