धनगढी । आगामी माघ ५ गतेदेखि धनगढीमा सिप तथा रोजगार मेला सुरु हुने भएको छ। धनगढी उप–महानगरपालिकाकाे आयोजनामा माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम र बाँकी १० दिन परामर्श सम्बन्धि कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत मेलाको कार्यतालिका सार्वजकि गरेको हो।
मंसिर १५ देखि आवेदन संकलन गरि पुस १५ गतेसम्म छनौट र नामावली प्रकाशन गरिने जनाइएको छ। रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फेटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटर/वेट्रेस, वेकरी, कफी बारिस्टा बनाउने, फास्टफुड र कुक, शैक्षिक सर्भिस अन्तर्गत पुरोहीत, लेखा व्यवस्थापन, ईसीडी सहजकर्ता, एडभान्स व्युटीसियन, हेयर कटिङ हुने छन् ।

यस्तै आर्ट र क्राफ्ट डिजाईनिङ अन्तर्गत बेतबाँस हस्तकला, साँस्कृतिक पोशाक, बुटिक तथा कढाई, निर्माण सर्भिस अन्तर्गत प्लम्विङ, फर्निचर, विल्डिङ वाइरिङ, वेल्डिङ र मेकानिकल अन्तर्गत एसी तथा फ्रिज मर्मत र मोबाइल तथा सिसीटिभि मर्मत गरी सात ओटा क्षेत्रका २२ ओटा विषयमा तालिम सञ्चालन हुने धनगढी उप(महानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए।
तलिममा सहभागी हुन दर्ताका लागि सुदूरपश्चिम प्रदेश भरिबाट अनलाईन तथा अफलाईन माध्याम वा दर्ता शिविर मार्फत आवेदन दिन सकिने बताइएकाे छ। आवेदकहरुमध्ये छनौट प्रक्रिया कार्यविधि अनुसार छनौट गरेर तालिममा सहभागि गराईनेछ। उप-महानगरले गत आर्थिक वर्षमा पनि सिप तथा रोजगार मेला सञ्चालन गरेको थियो। जसमा एक हजार ४० जनालाई ८ ओटा क्षेत्रको २९ ओटा विषयमा तापलम दिईएको थियो । ति तालिम लिएका प्रशिक्षार्थीहरुमध्ये ४७ प्रतिशतले रोजगारी पाएका थिए।
२ सय २६ जना विभिन्न संस्था वा निकायमा रोजगारीमा संलग्न भएको र १७२ जना स्वरोजगरीमा संलग्न भएको नगरपालिकाको तथ्याङ्क छ। तलिम लिएका हरुमध्ये २७ जनालाई थप तालिम र सिप विकासका लागि काठमाण्डौँ र वुटवल पठाईएको रोजगार संयोजक महराले बताए। यस आर्थिक वर्षमा पनि बढी भन्दा बढी युवाहरुलाई तालिम दिने लक्ष्य रहेको उनले बताए।
