धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम समितिले स्थानीय तथा प्रदेश सरकारी प्रतिनिधिसंग वकालत संबाद गरेकाे छ । बुधवार कैलालीकाे धनगढीमा अपाङ्गता ऐन कानून, नीति तथा भए गरेका ब्यवस्थाबारे वकालत पैरबी गरेकाे हाे ।
सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानूनमन्त्री हिरा सार्कीकाे प्रमुख आतिथ्यमा आयाेजित उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश ब्यवस्थापक प्रीया खड्काले पैरबी गरेका थिए भने कार्यक्रममा प्रदेशसभाकाे सामाजिक बिकास समित सभापति धर्मराज पाठक पुर्वमन्त्री सन्ताेश कुमारी शर्मा थापाले एसडिजि युएनसीआरपिडी र माराकस सन्धी र राष्ट्रिय नीति नियम कार्यान्वयनमा प्रतिबद्धता ब्यक्त गरे ।
उक्त वकालत संवाद कार्यक्रममा प्रदेश सांसदहरु, धनगढी उपमहानगरपालिका प्रतिनिधि, अपाङ्गता अधिकारकर्मि र पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।