सुदूरपश्चिममा अन्तराष्ट्रिय अपाङ्गता दिवस भव्यताकासाथ मनाइने

धनगढी । विगतमा झैं अन्तराष्ट्रिय अपाङ्गता दिवस यस बर्ष सुदूरपश्चिममा भव्यताकासाथ मनाइने मएकाे छ । यसकालागि शुक्रबार राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा उपलब्ध यस क्षेत्रमा कार्यरत संघ संस्थाका पदाधिकारी तथा प्रमुखहरु संग छलफल गरी दिवस आयाेजनाकालागि ११ सदस्यी मूल आयाेजक समिति गठन गरेकाे छ।

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्णप्रसाद धमलाकाे नेतृत्वमा पूर्व अध्यक्षहरु मानबहादुर साउद, उपेन्द्र खडायत, पूर्वकेन्द्रीय सदस्य रुपा राई, सचिव नरदीप धामी, पुर्वसचिब नन्दराज भट्ट, सहसचिव निर्मला बिष्ट, अपाङ्गता अभियन्ता रमेश बस्नेत, भवानी ऐर, बमवहादुर बिक र व्यबस्थापक प्रीया खडका रहेकाे मूल आयाेजक समिति गठन गरेकाे हाे ।

सबै प्रकारका उपाङ्गता भएका ब्यक्तिकाे प्रतिनिधित्व हुने गरेर समितिले आवश्यक उपसमिति गठन गरी दिवसलाई भब्यताकासाथ मनाउने अध्यक्ष कृष्णप्रसाद धमलाले जानकारी दिए । यसकालागि स्थानीय र प्रदेश सरकार तथा सराेकारवाला सबै निकायसँग समन्वय गरिने उनकाे भनाई छ ।

आउँदाे मंसिर १७ गते नेपालभर ३४ओैं अन्तराष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर ३) मनाइदै छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.