अगामी महाधिवेशनले केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्ष बनाउने

धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले अगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउने कुरामा शंका नभएको दाबी गरेका छन् । प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शंका नभएको बताएका हुन्।

उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा समेत स्वस्थ प्रतिस्पर्धा हुने बताउदै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए । ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेशा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालले वर्तमान नेतृत्वलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन,’ अधिकारीले भने, ‘त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन् । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ ।’

असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको दाबी गर्दै अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको दाबी समेत गरे । ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भएपनि त्यसतर्फ ध्यान नदिइएको उनले बताए ।

अहिलको अवस्थामा पनि नेकपा एमाले डराएर नभएर आउनै पर्ने अवस्था सिर्जना भएपछि सडकमा आएकाे उनको भनाई छ । एमाले छाडेर मातृ भूमी अभियान चलाइरहेका नेता भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि एमालले कुनै क्षति व्यहोर्नु नपर्ने उनी बताउँछन् ।
रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालले व्यर्होनुपर्ने नोक्सानी व्यहोरिसकेकाले थप नोक्सान नहुने उनको दाबी थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.