कैलालीमा मतदाता नामावलीका सेवाग्राही बढ्दै

धनगढी । कैलाली निर्वाचन कार्यलयमा सुरुका दिनमा फाट्टफुट आउने मतदाता नामावलीमा नाम समावेश गराउने सेवाग्राही पछिल्लाे समय बढ्दै गएका छन् । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्त घर्किनै लाग्दा निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड लागेको हो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले मतदाता नामावलीमा नाम समावेश गर्नआउनेको संख्या बढ्दै गएको बताए । उनले अहिले सम्म ३ हजार जति नयाँ मतदाता कैलालीमा मात्रै थपिएको बताए । तर कार्यालयमा एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको सर्भर बारम्बार डाउन भएकाले सेवाग्राही भने मारमा परेका छन् ।

आइतबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा पुग्दा पटक–पटक सर्भर डाउन भएको देखियो । जसका कारण एक मिनेटमा हुने काम आधा घण्टासम्म सेवाग्राही कुरेर बस्नु परेको छ । समस्याका बीच पनि सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएर आएका देखिन्छन ।

केहिले ‘राम्रो उम्मेदवारलाई भोट दिन नाम दर्ता गर्न आएको बताएका छन् भने केहिले अहिलेको राजनैतिक परिर्वतनपछि आशा पलायर भोटकार्ड बनाउन आएको बताए । एक पटक नाम दर्ता गरेकाहरूलाई दर्ताको लागि नआउन कार्यालयले आग्रह गरेको छ । ३० कात्तिकसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.